डीएसपी तिमल्सिनाको निमोनियाको कारण निधन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिमल्सिनाको निमोनियाको कारण निधन भएको छ ।
तिमल्सिनाको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार निमोनियाबाट ग्रसित तिमल्सिनाको शुक्रबार बिहान ५ बजे उपचारको क्रममा निधन भएको हो । ४३ वर्षीय तिमल्सिनालाई केही दिनअघि मात्रै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । पछिल्लो समय तिमल्सिना इलाका प्रहरी कार्यालय कन्चपुर, सप्तरीमा कार्यरत थिए ।
क्षमता, नैतिकता र साहस भएका अधिकृतको रुपमा चिनिएका डिएसपी तिमल्सिनामा कमाण्ड, परिचालन र अब्बल प्रहरी अधिकृतमा हुनुपर्ने सबै गुण थियो । त्यसैले तिमल्सिना पनि हरेक प्रहरीको स्मरणमा सधैँ रही रहने प्रहरी प्रधानकार्यालयले जनाएको छ ।
दसैँअघि बिरामी भएका डिएसपी तिमल्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएको थियो । यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर भएपछि हेलिकोप्टर मार्फत लागि प्रहरी अस्पताल ल्याइएको थियो ।







डिसी नेपाल








Facebook Comment