उपसचिव ढुण्डीराज अर्यालको निधन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज(शनिबार) निधन भएको छ । उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए ।
मन्त्रालयका निमित्त सचिव डा.हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जली र शोककुल परिवारमा समवेदना व्यक्त गरे । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment