वायुप्रदूषण रोक्नका लागि लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव
काठमाडौं। भारतको राजधानी दिल्लीमा लगातार बढिरहेको प्रदूषणको विषयमा सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले लकडाउन घोषणा गर्न सुझाव दिएको छ । सुनुवाइ गर्दै प्रधानन्यायाधीश एनभी रमन्नाले भने ‘स्थिति यति खराब छ कि हाम्रो घरमा पनि हामीले मास्क लगाउनु परिरहेको छ ।’ दिल्ली र आसपासमा इलाकामा विगत एक हप्तादेखि बाक्लो तुँवालो छाएको छ ।
सर्वोच्च अदालतले यस विषयमा केन्द्र सरकारलाई आपतकालीन योजनाको साथ अदालत उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतले यदि आवश्यक भएमा वाहन, पटाका, कल कारखाना र धुलोका कारण हुने प्रदूषण कम गर्नको लागि दुई दिनको लकडाउन घोषणा गर्न भनेको छ । आफ्नो आदेशमा प्रधानन्यायाधीश रमन्नाले केन्द्र सरकारलाई भनेका छन् ‘तपाइँ हामीलाई बताउनुस् कि तपाइँ के आपतकालीन उपाय अपनाउनुहुन्छ ?’
केन्द्र सरकारको तर्फबाट अदालतमा पराल जलाउनबाट रोक्नको लागि कदम उठाइएको बताइएको छ । विगत एक हप्तायता जसरी प्रदूषण बढेको छ यसको प्रमुख कारण पंजाबमा पराल जलाइनु भएको केन्द्र सरकारले अदालतलाई बताएको छ । केन्द्र सरकारले पंजाब सरकार यो मुद्दामा अझै सक्रिय हुनुपर्ने भनेको छ किनकि पंजाबका जनताले अहिले पनि खेतमा पराल जलाइरहेका छन् ।







डिसी नेपाल







Facebook Comment