नासाका एस्ट्रोनट अन्तरिक्षबाट पृथ्वीमा फर्किंदै गर्दा स्विट्जरल्याण्डमा देखियो एलियनको यान
काठमाडौं। स्विट्जरल्याण्डको ज्युरिखमा एक फोटोग्राफरले रातको समयमा फोटो खिच्दै गर्दा आकाशमा केही गोलाकार प्रकाश देखे । उनले क्यामेरा जुम गरेर हेरे । यो प्रकाशको डल्लो आकाशमा धेरै बेरसम्म घुमिरह्यो र अचानक गायब भयो । यो घटना त्यतिबेलाको हो जतिबेला नासाका ४ जना अन्तरिक्ष यात्रीहरु स्पेसएक्सको एडभेन्चर क्याप्सुलमा अन्तरिक्षबाट पृथ्वीमा फर्किंदै थिए ।
फोटोग्राफरले यसलाई डोनट युएफओ भनेका छन् । उनले यी फोटोहरु सार्वजनिक गरेपछि सुरुमा यसलाई स्पेसएक्सकै क्याप्सुल भनिएको थियो । तर, यसमा प्राविधिक समस्या थियो । स्पेसएक्सको क्याप्सुल मेक्सिकोको खाडीमा अवतरण भएको थियो जुन ठाउँ स्विट्जरल्याण्डको ज्युरिखबाट ८ हजार किलोमिटर टाढा पर्छ । अर्थात ज्युरिखबाट उनले स्पेसएक्सको क्याप्सुल अपतरण गर्दै गरेको देख्न सक्भव थिएन जसको अर्थ उनले अरु नै केही देखेका थिए ।
नेदरल्याण्डको लिडेन युनिभर्सिटीका अनुसन्धानकर्ता मार्को लांगब्रोएकले लाइभ साइन्सलाई बताए अनुसार अमेरिकाको लुसियाना, अल्बामा र आसपासका केही राज्यका मानिसहरुले स्पेसएक्स एडभेन्चर क्याप्सुल स्पष्ट देखेका थिए तर हजारौं किलोमिटर टाढा ज्युरिखबाट यो देख्न सम्भव छैन । किनकि यदि यो स्विटजरल्याण्डतिर गएको भए यसमा पर्ने प्रकाश पृथ्वीको छायाँले छेकिँदा यो देखिँदैनथ्यो ।







डिसी नेपाल







Facebook Comment