विराट कोहलीको रेष्टुरेण्टका कारण बबाल
काठमाडौं। भारतीय टेस्ट तथा एकदिवसीय क्रिकेट कप्तान विराट कोहली विवादमा परेका छन् । उनको रेष्टुरेण्ट चेन वनएट कम्युनलाई लिएर एक समूहले दावी गरेको छ कि यो रेष्टुरेण्टमा समलिंगीहरुलाई प्रवेशमा रोक लगाइएको छ । यो विषयमा सामाजिक संजालमा निकै बबाल मच्चिएको छ । त्यसपछि रेष्टुरेण्टको तर्फबाट सफाइ जारी गरिएको छ ।
Captain @imVkohli has a chain of Resturants and guess what the LGBTQIA+ people are not welcomed.
Queerphobic. pic.twitter.com/st44L0ZMLg— Ritushree ? (@QueerNaari) November 15, 2021
खासमा इन्स्टाग्राममा एउटा पोस्ट भाइरल भइरहेको छ जसमा विराट कोहलीको पुणे, दिल्ली र कोलकातामा चलिरहेका वनएट कम्युन नामको रेष्टुरेण्टमा समलिंगीहरुलाई प्रदेश गर्न नदिइएको दावी गरिएको छ । समलिंगी पुरुषहरुलाई प्रवेशमा पूर्ण रोक लगाइएको र समलिंगी महिलाहरुलाई पहिरनका आधारमा प्रवेश दिइएको दावी गरिएको छ । भारतमा यस्ता फेन्सी रेष्टुरेण्ट, बार र क्लवहरुमा एलजीबीटीक्युमाथि भेदभाव भएको र विराट कोहलीले पनि यही गरेको आरोप लगाइएको छ ।
View this post on Instagram
सामाजिक संजालमा यस विषयमा बबाल भएपछि वनएट कम्युनले यसको जवाफ दिएको छ । वनएट कम्युनले सफाइमा भनेको छ ‘हामी सबैलाई कुनै भेदभावबिना स्वागत र सम्मान गर्छौं । हाम्रो नामजस्तै हामी सबै समुदायको सेवामा सधैं अगाडि छौं । उद्योगको चलन र सरकारी नियम अनुरुप हामीकहाँ स्टेग इन्ट्रीमा रोक छ । यसको अर्थ यो होइन कि हामी कुनै समुदायको विरुद्ध छौं वा कसैको अपमान गरिरहेका छौं ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment