‘कढी पत्ता’ भनेर अनलाइन सपिङ वेबसाइटबाट डेढ करोड रुपैयाँको गाँजा बिक्री

डिसी नेपाल
३० कार्तिक २०७८ १२:४७

काठमाडौं। अनलाइन सपिङ प्लेटफर्म अमेजनबाट ‘कढी पत्ता’ भनेर करोडौं रुपैयाँ मूल्य बराबरको गाँजा बिक्री भएको पाइएको छ । भारतको मध्य प्रदेशको पुलिसले यस विषयमा सोधपुछको लागि अमेजनका स्थानीय कार्यकारीलाई बयान दिनको लागि बोलाएको छ । आइतबार पुलिसले मध्य प्रदेशमा २ जनालाई २० किलो गाँजासहित पक्राउ गरेपछि सोधपुछका क्रममा उनीहरुले गाँजा तस्करीका लागि अमेजनको प्लेटफर्म प्रयोग गर्ने गरेको खुलासा भएको थियो ।

तस्करहरुले गाँजा अर्डर गर्न र डेलिभरी गर्नको लागि अमेजन इण्डियाको प्लेटफर्म प्रयोग गरिरहेका थिए । अमेजनलाई यसलाई कढी पत्ताको नामबाट दर्ता गरिएको थियो तर कढीपत्ता भनिएको प्याकेटभित्र गाँजा हुन्थ्यो । यसरी अमेजनको प्लेटफर्म प्रयोग गरेर करिब १ हजार किलो गाँजा बेचिसकिएको थियो । यो परिमाणको गाँजाको मूल्य १ करोड भारतीय रुपैयाँभन्दा बढी पर्ने पुलिसको वक्तव्यमा बताइएको छ ।

सोमबार बरिष्ठ पुलिस अधिकारी मनोज सिंहले दिएको जानकारी अनुसार अमेजनलाई उनीहरुको प्लेटफर्म कसरी प्रतिबन्धित पदार्थ बिक्री गर्नको लागि प्रयोग भयो भन्ने विषयमा जवाफ मागिएको छ । ‘यो अन्तर्राष्ट्रिय कम्पनीसँग आर्टिफिसियल इन्टेलिजेन्स समेत प्रयोग गर्ने क्षमता छ यस्तोमा यहाँ यस्तो हुनु ठूलो कुरा हो’ सिंहले भने ‘यो तस्करीमा धेरै ठाउँमा अमेजनको संलग्नता देखिएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *