धनी केटासँग बिहेको लोभ देखाएर १३० महिलालाई बेच्ने व्यक्तिलाई तालिबानले पक्रियो

डिसी नेपाल
१ मंसिर २०७८ १४:१४

काठमाडौं। तालिबानले उत्तरी अफगानिस्तानमा यस्ता व्यक्तिलाई पक्राउ गरेको छ जसमाथि सयैं महिलाहरुलाई बिक्री गरेको आरोप लागेको छ । यी व्यक्तिले कैयौं महिलाहरुलाई धनी केटासँग विवाह गराइदिने प्रलोभन देखाएर बेचेको आरोप छ । तालिबानका कुन्दुज प्रान्तका पुलिस प्रमुख दामुल्ला सेराजले रिपोर्टरहरुसँग कुरा गर्दै यी व्यक्तिलाई गत सोमबार अबेर राती जज्जान प्रान्तबाट गिरफ्तार गरिएको बताए ।

पुलिसले अहिले जाँचको प्रारम्भिक चरणमा रहेको बताउँदै आगामी दिनमा यो केसका सम्बन्धमा थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको बताएको छ । जज्जान प्रान्तमा जिल्ला पुलिस प्रमुख मोहम्मद सरदार मुकारिजले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै यी व्यक्तिले आफ्नो आर्थिक अवस्था सुधार गर्न र घर बसाउनका लागि बिहे गर्न चाहेका महिलाहरुलाई निशाना बनाउने गरेको बताए ।

यी व्यक्तिले ती महिलाहरुलाई उनीहरुको निकाह कुनै धनी व्यक्तिसँग गरिदिने प्रलोभन दिन्थे । त्यसपछि उनी ती महिलालाई अर्को प्रान्तमा लगेर बेचिदिन्थे । यी व्यक्तिमाथि यस्तै तरिकाले १३० महिलाहरुलाई बेचेको आरोप छ । अफगानिस्तानमा भाइ भतिजावाद र भ्रष्टाचार मात्र नभइ पछिल्लो समय बढ्दो गरिबीले अवस्था निकै नाजुक भएको छ । तालिबान सरकार सत्तामा आएको तीन महिना भएको छ र सरकार अहिले ठूला सहरमा अपराध र अपहरण कम गर्न जुटेको छ ।




प्रतिक्रिया

One thought on “धनी केटासँग बिहेको लोभ देखाएर १३० महिलालाई बेच्ने व्यक्तिलाई तालिबानले पक्रियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *