चीनले भारतसँगको सीमामा बम्बर प्लेन तैनाथ गर्यो, दिल्ली समेत यी विमानको रेञ्जमा
काठमाडौं। चीनले भारतसँगको सीमामा बम्बर प्लेन तैनाथ गरेको छ । यी विमान सीजे–२० लंग रेञ्ज मिलाइल जडित छन् । यी मिसाइलको रेञ्जभित्र दिल्ली समेत परेको छ । गत हप्ता ११ नोभेम्बरमा चीनको जनमुक्ति सेनाले वायुसेनाको ७२ औं वार्षिकोत्सवका अवसरमा चाइना सेन्ट्रल टेलिभिजनमार्फत हिमालय नजिकै उडिरहेका यी एच–६के बम्बर विमानको फुटेज पनि जारी गरेको थियो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार सामान्यतया बेइजिङ नजिकै तैनाथ रहने आफ्ना फाइटर जेटलाई पनि चीनले शिनजियाङ क्षेत्रमा सारेको छ । यो क्षेत्र त्यो ठाउँको नजिकै छ जहाँ चीन र भारतबीच विवाद छ । पोस्टसँग कुरा गर्दै सैन्य विश्लेषक एन्थोनी वांगले बम्बर एयरक्राफ्ट र यिनीहरुको सीजे–२० मिसाइलको रेञ्जमा दिल्ली पनि पर्ने र यो सिधा रुपमा भारतलाई चेतावनी भएको बताए ।
अर्का विश्लेषक सोंग जोंगपिंगका अनुसार चीनको सेनाले भारतको राजधानीलाई भन्दा रेञ्जमा आउने एयरबेसलाई निशाना बनाउनु उचित ठान्नेछ ।उनका अनुसार चीनले मानव बस्ती भएको क्षेत्रमा आक्रमण गर्न चाहने छैन यस्तोमा उसले आफ्नो लंग रेञ्ज मिसाइलबाट दिल्लीलाई निशाना बनाउन चाहने छैन । अर्का एक विश्लेषकले टेलिभिजनको फुटेज अध्ययन गरेपछि विमानमा कैयौं छोटो दूरीका मिसाइल फिट देखिएको तर लामो दुरीका मिसाइन नदेखिएको भन्दै चीनले जानीजानी यस्तो गरेको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment