४१२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

डिसी नेपाल
१ मंसिर २०७८ १६:४८

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर कुल ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ भने यससँगै मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ हाल देशभर सक्रिय संक्रमित ७ हजार ६३६ जना रहेका छन् । यस्तै १० वर्ष मुनिका ८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *