No ads found for this position
No ads found for this position

नेपाल प्रहरीका १४ इन्स्पेक्टरको काज सरुवा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १२:०९
1.9k
Shares
No ads found for this position

काठमाडौं। नेपाल प्रहरीको आन्तरिक तहमा नियमित सरुवा नभएको भन्दै असन्तुष्टि उत्पन्न भएका बेला १४ इन्स्पेक्टरको काज सरुवा भएको छ। प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको नियमित रोकिएको लामो समय हुँदा पनि प्रहरी प्रधनकार्यालयले नियमित सरुवाको साटो १४ प्रहरी इन्स्पेक्टरको काज सरुवा गरेको हो।

प्रहरी प्रधानकार्यालयका अनुसार महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठमा इन्स्पेक्टर अनिल ठकुरीको सरुवा भएको छ। उनी मानववेचविखन अनुसन्धान व्यूरोमा कार्यरत थिए। इलाका प्रहरी कार्यालय खानीखोला धादिङमा अपूर्व ढुंगानाको सरुवा भएको छ।

खानीखोला निकै विवादित प्रहरी कार्यालय हो। यस्तै, नवीन कुमार थापा क्षेत्रीको रुपन्देहीको इलाका प्रहरी कार्यालय र शोभा पाण्डेयको संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीमा सरुवा भएको छ।

संघीय प्रहरी इकाइ कार्यालय, पोखराका युवराजंग कार्कीको इलाका प्रहरी कार्यालय लुम्बिनीमा र इलाका प्रहरी कार्यालय लुम्बिनीमा रहेका रवीन्द्र महतको प्रहरी प्रधान कार्यालय, कानुन शाखा, नक्सालमा सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत तेजबहादुर खत्रीको इलाका प्रहरी कार्यालय मर्चवार, रुपन्देही र त्यहाँ कार्यरत अमृत भण्डारीको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा सरुवा भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ।

त्यसैगरी कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत जीवन लामिछानेको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीमा र त्यहाँ कार्यरत चक्रबहादुर डम्बर पालको जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत तेजबहादुर खत्रीको इलाका प्रहरी कार्यालय मर्चवार, रुपन्देही र त्यहाँ कार्यरत अमृत भण्डारीको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा सरुवा भएको छ।

कर्णाली प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं. १ सुर्खेतमा कार्यरत राजाराम यादवको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीमा र त्यहाँ कार्यरत देवेन्द्र कुमार मल्लको लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण कोहलपुर बाँकेमा सरुवा भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ।

यसअघि डिएसपीहरुको पनि काज सरुवा भएको र डिएसपी सरुवामा शक्तिकेन्द्र हावी भएको भन्दै प्रहरी प्रधानकार्यालयमा गुनासो पुगेको थियो । तर त्यो गुनासोलाई इन्स्पेक्टर सरुवा पनि वेवास्था गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *