जैविक कृषिको प्रवर्द्धनका लागि प्रधानमन्त्रीसँग नेपाल अर्ग्यानिक संघको छलफल हुँदै
काठमाडाैं। नेपालमा जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धनमा क्रियाशील संस्था नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग प्रधानमन्त्री वालेन्द्र शाहले आज भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे उक्त छलफल हुन लागेको हो।
उक्त महत्वपूर्ण भेटघाटमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी हुनेछन्।
नेपालमा उद्योग तथा व्यवसायको प्रवर्द्धन र विकासका निम्ति प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीहरूसँग निरन्तर छलफल गर्दै उनीहरूका जायज मागहरूलाई सम्बोधन गर्दै आएका छन्।
आजको यस छलफलले पनि नेपालको अर्ग्यानिक क्षेत्रका समस्या, सम्भावना र आगामी कार्यदिशाबारे सकारात्मक नतिजा ल्याउने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment