No ads found for this position
No ads found for this position

माओवादीको आन्तरिक चुनावमा उठ्न अब शुल्क बुझाउनु पर्ने

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १३:०९
52
Shares
No ads found for this position

काठमाडौं। आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागेको नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका उम्मेदवार हुन पहिलोपटक शुल्कको व्यवस्था गर्ने तयारी गरेको छ ।४ मंसिरबाट वडा अधिवेसनमार्फत राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले वडा, पालिका, प्रदेशसहित केन्द्रका लागि शुल्क लिएर मात्र उम्मेदवारी दिन लगाउने भएको छ ।

विष्णुपुकार श्रेष्ठ नेतृत्वको निर्वाचन समितिले बनाएको कार्यविधिअनुसार केन्द्रका बाहेक अन्य सबै तहका उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको छ । जसअनुसार वडा पदाधिकारीका लागि १०० रुपैयाँ तथा वडा सदस्य हुन ५० रुपैयाँ तोकिएको छ ।स्थानीय तहका पदाधिकारीका उम्मेदवारले ५०० र सदस्यहरूले ३०० शुल्क बुझाउनु पर्ने र प्रदेशमा पदाधिकारी हुन उम्मेदवारले एक हजार र सदस्यले ५०० सय रुपैयाँ उम्मेदवारी शुल्क बुझाए पछि मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने श्रेष्ठले जानकारी दिएका छन् ।केन्द्रीय तहका उम्मेदवारको भने शुल्क निर्धारण हुन बाँकी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *