No ads found for this position
No ads found for this position

कांग्रेस महाधिवेशनः खोटाङको प्रदेश सभा ‘ख’ मा ४० प्रतिशत मत खस्यो, प्रदेश ‘क’ मा विवाद

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १४:०८
36
Shares
No ads found for this position

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खोटाङ प्रदेश सभा ‘ख’ को अधिवेशन जारी छ । केही बेरअघि नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।सिमपानी क्याम्पसमा सुरु क्षेत्रीय कार्यसमिति प्रदेश सभा ‘ख’ को मतदान बिहान १० बजेदेखि सुरु भएको हो । हालसम्म ४० प्रतिशत मत खसेको छ ।हलेसीस्थित महेन्द्रोद्वय माविमा आयोजना गरिएको क्षेत्रीय कार्यसमिति प्रदेश सभा (क) को अधिवेशन जारी छ । तर नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भनिए पनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।

महाधिवेशन प्रतिनिधिका उम्मेद्वार किसन भुजेल ‘अल्पसंख्यक हुन् वा होइनन्’ भन्ने विषय टुंगो नलाग्दा मतदान सुरु हुन नसकेको जनाइएको छ । अल्पसंख्यकको सूचीमा ‘खवास’ मात्र उल्लेख भएकाले भुजेलको विषयमा विवाद उठेको हो । विवाद समाधानको नजिक पुगेको निर्वाचन अधिकृत शिवहरि ढकालले बताए ।क्षेत्रीय अधिवेशनमा प्रदेश सभा (क) र( ख) मा सात–सात सय क्षेत्रीय प्रतिनिधिले भोट हाल्ने कांग्रेसले जनाएको छ । क्षेत्रीय कार्यसमितिको अधिवेशनको चुनावी दौडमा देउवा, पौडेल, कोइराला, सिटौला र गगन थापा निकट चार प्यानल चुनावी मैदानमा देखिएका छन् ।

देउवा निकट टिमले कांग्रेस क्षेत्रीय कार्यसमिति प्रदेश क मा भक्तजंग राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलीपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राई उठेका छन् ।कोइराला निकट टिमबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा(क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल उठेका छन् ।

पौडेल निकट टिमबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा ख को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रवीण राई, सह–सचिवमा कमल प्रधान र राजकुमार बस्नेत छन् ।कृष्ण सिटौला र गगन थापा प्यानलबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख )को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटुवाल, सहसचिवमा मणिराज खत्री र शिव राई चुनावी मैदानमा छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *