No ads found for this position
No ads found for this position

एमाले महाधिवेशनः मतदानकै दिन मतपरिणाम

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १५:४६
40
Shares
No ads found for this position

काठमाडौं। नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ ।‘हामीले मतदान स्थल पनि हेरिसकेको छौँ,उनले भने,‘बन्दसत्र हुने होटेलका हलमा मतदान हुनेछ।’

आयोगले मङ्सिर १२ गते निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव ८ देखि १० घण्टा लाग्ने जनाइएको छ । आयोगका अध्यक्ष डा.सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुने बताए । उनका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए ।

राम–लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिने जनाइएको छ ।‘मङ्सिर १२ गते बिहानैदेखि हामीले निर्वाचन गरेर साँझ मतपरिमाण घोषणा गर्ने छौंँ, उनले भने,‘मतदान सकिएपछि मुजुल्का बनाउन दुईतीन घण्टा र गन्नका लागि तीन–चार घण्टा लाग्ने छ।’ निर्वाचन लागि ९० उपकरणको प्रयोग गर्ने छ । महाधिवेशन स्थलमा १०० उपकरण प्रयोग गरिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय उपकरणबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *