No ads found for this position
No ads found for this position

विश्वमा कला र संस्कृति पुर्‍याउन हस्तकलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छः देउवा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १७:४१
16
Shares
No ads found for this position

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पु¥याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता उद्घाटन समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै उनले आन्तरिक रोजगारी सृजनामा समेत यो उद्योगले सहयोग रहेको बताए ।

“हस्तकला उद्योगले आधुनिकतासँग मिल्नेगरी सामग्री निर्माण गर्नुपर्छ, यसले अझै विश्वजगत्मा हस्तकलालाई चिनाउन सहयोग गर्छ, यसबाट हस्तकलाका सामग्री बिक्री वितरणमा पनि मद्दत पुग्छ, यसकै माध्यमबाट प्राचीन कला, संस्कृति विश्वभर फैलन्छ”, प्रधानमन्त्री देउवाले भने । हस्तकला उद्योगले नेपालको गरिमालाई विश्वमा उच्च बनाएकाले पनि यसको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने उनको प्रतिबद्धता थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सहयोग सङ्गठन(सार्क) हस्तकला विकास केन्द्रका माध्यमबाट पनि नेपाली हस्तकलालाई विश्वभर फैल्याउने गरी काम अघि बढाइने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

मेलामा हस्तकलाका ४२ विधाका १२० कक्ष राखिएको छ । कार्यक्रममा महासङ्घले प्रकाशन गरेको हस्तकला उद्योग डाइरेक्ट्री र संस्कृत भाषामा लेखिएको साधनामाला ग्रन्थको नेपाली अनुवादको प्रधानमन्त्री देउवाले विमोचन गरेका थिए । हस्तकलाका सामग्रीको अनलाइन मार्केटिङका लागि इकला पोर्टलको पनि उनले आजै शुभारम्भ गरेका छन्। पोर्टलका माध्यमबाट हस्तकला उद्योग प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *