No ads found for this position
No ads found for this position

सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छुः मन्त्री आले

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १८:१०
28
Shares
No ads found for this position

काठमाडौं ।संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गीत सङ्गीत क्षेत्रको विकासका लागि आफूले पूर्णसहयोग गर्ने बताएका छन्। सङ्गीत कर्मी सङ्घले आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री आलेले काला, संस्कृति तथा सङ्गीत क्षेत्रको विकासका लागि आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए ।

सो अवसरमा मन्त्री आलेले सङ्गीत क्षेत्रको विकासका लागि आफूले सक्दो बजेटसमेत विनियोजन गराउने आश्वासनसमेत दिए । उनले भने, “कला, संस्कृति र गीत–सङ्गीत भनेका हाम्रा गहना हुन, यसको संरक्षण र विकास गर्नु हाम्रो प्रमुख दायित्व हो, कला, संस्कृति र गीतसङ्गीतको विकासका लागि मैले बजेट विनियोजन गराउँछु ।”

मन्त्री आलेले नेपालका सबै क्षेत्र तथा भाषाभाषीका कला, संस्कृति र गीतसङ्गीत देश विदेशसम्म फैलाउन र चिनाउनका लागि सबै कलाकार तथा सङ्गीत कर्मीसँग आग्रहसमेत गरे । सङ्गीत बिना अधिकांश काम तथा कला अधुरा हुने भएकाले सङ्गीत क्षेत्रको विकास नै आजको प्रमुख आवश्यकता भएको समेत मन्त्री आलेले उल्लेख गरे । उनले थप भने, “सङ्गीत बिना अधिकांश काम तथा कला अधुरा हुने भएकाले सङ्गीतको विकास गर्नु प्रमुख आवश्यकता भएको छ ।” सोही अवसरमा सङ्गीत कर्मी सङ्घले मन्त्री आलेलाई सम्मानसमेत गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *