No ads found for this position
No ads found for this position

एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १९:४५
40
Shares
No ads found for this position

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन प्रचारप्रसार समिति लुम्बिनीले आज बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी तीव्र बनाइएको जनाउँदै रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले लुम्बिनीका अध्यक्ष लीला गिरीले महाधिवेशन सम्पन्न गर्न लुम्बिनीमा विशेष तयारी गरिएको बताए । महाधिवेशन प्रचारप्रसार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जिसीले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ’, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारासहित हुन लागेको महाधिवेशनले एमालेलाई अझै बलियो बनाउने बताए ।

एमाले प्रचारप्रसार विभाग केन्द्रीय सदस्य डिआर घिमिरेले रुपन्देहीमै चितवन महाधिवेशनको झल्को दिने गरी बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माणको तयारी गरिएको जानकारी गराए । प्रचारप्रसार विभाग लुम्बिनीका सदस्य तथा पार्टी प्रचारप्रसार रुपन्देहीका प्रमुख मोहन चापागाईंले यस पटकको महाधिवेशनलाई डिजिटलाइजेशन बनाउने गरी तयारी भइरहेको बताउँदै इ भोटिङ प्रणालीसँगै प्रचारका शैलीमा पनि परिवर्तन गरिएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *