बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन आग्रह
काठमाडौँ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने गरी योजना तथा कार्यक्रम ल्याउन सूचना तथा सञ्चार क्षेत्रका उद्यमीलाई आग्रह गरेका छन् ।
कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ (क्यान) को २८औँ साधारणसभाको पूर्वसन्ध्यामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका उद्यमी र सरोकार भएकासँग आज आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले सूचना र प्रविधिका क्रियाकलापलाई राष्ट्रको मूलधारको विकास नीतिसँग जोडेर लैजान नेपाली भूगोल सुहाउँदो र स्थानीय आवश्यकता र सम्भावनाअनुसार कार्ययोजना तयार गर्नुपर्ने बताएका हुन् ।
उनले सार्वजनिक शिक्षामा क्यानले योगदान दिन तथा व्यवसायमूलक मात्र नभई सेवामूलक र सामाजिक उत्तरदायित्व बहन गर्ने गरी क्रियाकलाप तर्जुमा गर्न पनि आग्रह गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment