गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको परीक्षा

डिसी नेपाल
३ मंसिर २०७८ २२:३३

उदयपुर । गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको परीक्षा शुक्रबारदेखि सुरु भएका छ । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले पहिलो पटक नयाँ सवारी चालक अनुमति पत्रका लागि परीक्षा लिएको हो । पहिलो दिनको लिखित परीक्षामा दुई सय जनाले सहभागिता जनाएका थिए ।

यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले गाईघाटबाटै लाइसेन्स वितरणको काम अगाडी बढाएपछि पहिलो चरणमा लिखित परीक्षाको काम भएको कार्यालयका प्रमुख सुवास कार्कीले जानकारी दिए । पहिलो चरणको लिखित परीक्षाको लागि दुई पाङग्रे तथा ४ पाङग्रे सवारीको ट्रायलका लागि १९६ झण्डै २ सय जनाको सहभागिता रहेको कार्यालय प्रमुख कार्कीले बताए । गाईघाटबाटै लाइसेन्स वितरणको काम भएपछि उदयपुरबासी तथा अन्य छिमेकी जिल्लाहरूबाट लाइसेन्सका लागि धमाधम आउन थालेको कार्कीले बताए ।

लिखित परीक्षा गाईघाटस्थित संगमटोलको प्याराडाइज बोर्डिङमा गरिएको छ । लिखित परीक्षाको नतिजा ३ दिनभित्र आइसक्ने कार्यालयले जनाएको छ । नतिजा कार्यालयको आधिकारिक फेसबुक पेज, कार्यालयको सूचना बोर्ड र कार्यालयको वेबसाइटबाट पनि हेर्न सकिने जनाएको छ । लिखित परीक्षाको नतिजा आएको केही दिनमै ट्रायलको प्रक्रिया अगाडी बढाइने प्रमुख कार्कीको भनाई रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *