गायकद्धय बुद्ध र सुनिताले ‘के छ खबर’बोलको गीत ल्याउँदै

डिसी नेपाल
४ मंसिर २०७८ ११:४१
468
Shares

काठमाडौँ । बरिष्ठ गीतकार हिरा काजी थापाको शब्द शृजनामा तयार भएको ‘के छ खबर’ बोलको गीतको छायांकन सम्पन्न भएको छ । दाङका विभिन्न रमणीय स्थलहरुमा २ दिन लगाएर गीतकार थापाले नै निर्देशन गरेको गीतको अहिले सम्पादनको काम भइरहेको छ ।
गीतकार तथा निर्देशक थापा र गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको के छ खबरमा नागेन्द्र श्रेष्ठको संगीत रहेको छ।

जसमा पहिलो नेपाल आइडलका बिजेता बुद्ध लामा र सुनिता कार्कीको स्वर रहेको छ । गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ । दर्शक,श्रोताल निकै रुचाइदिने आशा गरिएको गीतमा पछिल्लो समय टिकटकबाट भाइरल बनेर म्यूजिक भिडियो सुन्दरी मोडल उषा उप्रेती र अभिनेता सागर खनालको बेजोड अभिनय रहेको छ ।

अभिनयमा उषा र सागरका अलावा प्रविन डिसी, अनिल कट्टेल, सिम्रन श्रेष्ठ, सिर्जना उप्रेती र दाङका स्थानीय कलाकारहरु मिन बहादुर डांगी र बालकलाकार सुशात सिंह ठकुरीको अभिनय रहेको छ। उक्त म्यूजिक भिडियोलाई सागर प्रधानले छायांकन गरेका हुन् भने प्रमोद भण्डारीको हेरिरहुँ लाग्ने कोरियोग्राफी रहेको छ । जसमा अनिल रानाको सम्पादन रहेको छ ।

भिडियोमा स्वस्तिका श्रेष्ठको मेकअप, स्पोर्ट ब्वाईका रुपमा बिकेश लामा, फोकस पुलर प्रबिन राई, चालक नबिन जोशी, लाइट हेड बसन्त भण्डारी, लाइट म्यान रबिन्द्र खड्का, कमल, कपिल, रहेका छन् ।भिडियोमा प्रोडक्सन म्यानेजरका रुपमा लोमश पौडेल र एक्जुकेटिभ म्यानेजरका रुपमा योगेश देवकोटा रहेका छन् । भिडियो निर्देशक थापाकै युट्युब च्यानल ह्यागं इन्टरटेनमेन्टबाट बजारमा छिट्टै आउने जनाइएको छ । उक्त भिडियोलाई सबैले माया गरिदिनुहुन निर्देशक थापाले अनुरोध गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *