मृत्यु भइसकेका म्याराडोनामाथि १६ वर्षकी किशोरीलाई आमाकै अगाडि बलात्कार गरेको आरोप
काठमाडौं। प्रसिद्ध फुटबलर डिएगो म्याराडोनामाथि ३७ वर्षकी एक महिलाले बलात्कारको आरोप लगाएकी छिन् । म्याराडोनाको गत वर्ष ६० वर्षको उमेरमा निधन भएको थियो । यी महिलाको दावीअनुसार २१ वर्ष पहिले उनी नाबालिग हुँदा म्याराडोनाले उनलाई बलात्कार गरेका थिए ।
यी महिलाको नाम माविस अल्भारेज हो । यी महिला क्युबाकी हुन् । अहिले उनी अमेरिकाको मियामीमा बस्छिन् । उनले सोमबार मिडियाको अगाडि अर्जेन्टिनाका विश्वकप विजेता सुपरस्टार खेलाडी म्याराडोनामाथि बलात्कार, हिंसा, दुर्व्यवहार र इच्छाविरुद्ध आफूलाई समाएको जस्ता कैयौं आरोप लगाएकी छिन् ।
अल्भारेजका अनुसार उनी १६ वर्षकी हुँदा म्याराडोनासँग भेट भएको थियो । त्यतिबेला म्याराडोना ४० वर्षका थिए र क्युबामा बस्थे । त्यहाँ उनका लागूऔषधको लतको उपचार भइरहेको थियो । अल्भारेजले यही क्रममा म्याराडोनाले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । त्यतिबेला उनकी आमा ढोकाबाहिर रोइरहेकी थिइन् । महिलाले म्याराडोनाले आफ्नो ‘बाल्यकाल चोरी गरेको’ आरोप लगाएकी छिन् ।
अल्भारेजका अनुसार म्याराडोनासँग उनको सम्बन्ध ४ देखि ५ वर्ष चल्यो । यस क्रममा म्याराडोनाले उनीमाथि धेरै दुर्व्यवहार गरे । अल्भारेजले भनिन् ‘म उनलाई प्रेम गर्थें तर म उनलाई घृणा पनि गर्थें । मैले आत्महत्याको बारेमा पनि सोचेकी थिएँ ।’
अल्भारेजले म्याराडोनामाथि आफूलाई कैद गरेको, ड्रग्स दिएको जस्ता आरोप पनि लगाएकी छिन् । माविल अल्भारेजले आगामी २५ नोभेम्बरमा म्याराडोनाको मृत्युको वार्षिकीमा प्रसारण हुने एक टेलिभिजन सिरिजमा बताइएका कुराहरुलाई सन्तुलित गर्न सकियोस् भनेर आफू यति धेरै वर्ष चुप रहेपछि अहिले बोलेको बताएकी छिन् ।







डिसी नेपाल







Facebook Comment