आरोपीले अदालतमा ४ किशोरीलाई बलात्कार गरेको स्वीकारे तर न्यायाधीशले जेल पठाएनन्

डिसी नेपाल
९ मंसिर २०७८ १३:१७

काठमाडौं। ४ जना किशोरीहरुलाई बलात्कार तथा यौन शोषण गरेको आरोपमा दोषी ठहरिएका एक जना आरोपीलाई न्यायाधीशले जेल सजाय सुनाएनन् । न्यूयोर्ककका २० वर्षका क्रिस्टोफर बेल्टरले अदालतमा २०१७ र २०१८ को बीचमा लेविन्सटनमा आफ्नो परिवारको घरमा ४ जना किशोरीहरुलाई बलात्कार र यौन उत्पीडन गरेको स्वीकार गरेका थिए । तर, उनलाई न्यायाधीशले ८ वर्षको प्रोबेसनको सजाय सुनाए ।

नियाग्रा काउन्टी कोर्टका न्यायाधीश म्याथ्यु मर्फीले दोषी ठहरिएका आरोपीलाई प्रोबेसनको सजाय सुनाउँदै ‘कैद उपयुक्त हुँदैन’ भनेका थिए । फैसला सुनाउँदै उनले अगाडि भने ‘म तड्पिरहेको थिएँ । मलाई यो भन्दै गर्दा लज्जाबोध भइरहेको छैन कि मैले वास्तवमा प्रार्थना गरेको थिएँ कि यो केसमा उपयुक्त सजाय के हो ? किनकि निकै पीडा थियो, ठूलो क्षति भयो ।’ बेल्टरले आफूलाई सजाय सुनाइनुभन्दा पहिले अदालत कक्षलाई सम्बोधन गर्दै आफूलाई आफ्नो कार्यका कारण गहिरो लज्जा र खेद महसुस भएको बताएका थिए ।

बेल्टरलाई सजाय सुनाइएपछि अदालतमै उपस्थित एक पीडितले आक्रोश व्यक्त गरेकी छिन् । अदालतको दस्तावेजमा एमएम नामबाट पहिचान उल्लेख गरिएकी ती पीडिताले सीबीएस न्यूजसँग कुरा गर्दै भनिन् ‘म पूरै निराश भएकी छु । यस्तो लागिरहेको पिथो कि मलाई यहाँ फेरि पीडित बनाइँदै थियो ।’ ती पीडितले बेल्टरलाई यसरी छोडिँदा उसले फेरि अरुमाथि पनि यस्तै हिंसा गर्ने बताइन् । यो फैसलाले उसलाई भविष्यमा यस्तै अपराध गर्न झनै सहज बनाइदिएको उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *