३०८ जना नयाँ सङ्क्रमित थपिए, ३ जनाको मृत्यु

डिसी नेपाल
९ मंसिर २०७८ १६:३३

काठमाडौं ।पछिल्लो २४ घण्टामा ३०८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार १०४ जनामा पीसीआर परीक्षण गरिएकोमा २८१ जनामा र १ हजार ८०५ जनामा एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २९८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । यसैगरी देशमा हालसम्म सात हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *