हात्तीको आक्रमणमा परी मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग

डिसी नेपाल
९ मंसिर २०७८ १८:५५
28
Shares

काठमाडौं ।जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाको मिथिला नगरपालिका– ७ का पदमबहादुर खप्तरी मगरकी श्रीमतीलाई सरकारले रु १० लाख राहत उपलब्ध गराएको छ ।

सरकारबाट प्राप्त रु १० लाखको चेक आज मगरकी श्रीमती टुकीमाया मगरलाई धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनीलकुमार कर्णले संयुक्तरुपमा हस्तान्तरण गरे । गत २०७७ चैत १६ गते जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका मगरको परिवारलाई वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ बमोजिम सङ्घीय वन मन्त्रालयले जिल्ला वन कार्यालय धनुषामार्फत सो राहत रकम मृतकका परिवारलाई उपलब्ध गराएको हो । मृतक परिवारलाई चेक हस्तान्तरण गर्नुहुँदै प्रजिअ बाँस्तोलाले सरकारले मृतकका परिवारलाई सहयोग गरी राम्रो काम गरेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *