शहीदको बलिदानको कदर हामीले गर्नुपर्छः मुख्यमन्त्री राउत

डिसी नेपाल
१० मंसिर २०७८ २२:३८

धनुषा । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले शहीदको बलिदानकै फलस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् ।

धनुषाको शहीदनगर नगरपालिकाको हरबाडामा नवनिर्मित शहीद कामेश्वर कुशेश्वर सभागृहको आज उद्घाटन गर्दै उनले शहीदको बलिदानीलाई प्रदेश सरकारले खेर जान नदिने बताए । मुख्यमन्त्री राउतले शहीदको बलिदानीको बलमा स्थापित प्रदेश सरकार शहीदहरुले देखेको सपना साकार गर्न सदैब तत्पर रहने विश्वास दिलाए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार समाजमा पछाडी परेका समुदायहरुको उत्थानको लागी जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था, छोरीहरुको शिक्षामा पहुँच बढाउन बेटी पढाउ बेटी बचाउ जस्ता कार्यक्रमहरु ल्याएको बताए । छोरी शिक्षा बीमा कोभिड महामारीका कारण हाललाई स्थगित भए पनि छिट्टै सञ्चालन हुने र त्यसले समाजमा नयाँ क्रान्ति ल्याउने जानकारी उनले दिए । प्रदेशसभा सदस्य राम आशिष यादवले पार्टी बाट जसपामा प्रवेश गरेकाहरुलाई स्वागत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *