३ हजारमा किनेर ल्याएको चित्रको मूल्य ६ अर्ब रुपैयाँ भएको थाहा पाएपछि सातो गयो

डिसी नेपाल
११ मंसिर २०७८ १२:२८

काठमाडौं। अमेरिकाका एक व्यक्तिले एउटा स्केच चित्र किनेर घर लिएर आए । उनले त्यसको लागि ३० डलर खर्च गरेका थिए । तर, जब उनले यो कलाकृतिको वास्तविक मूल्य थाहा पाए त्यसपछि भने उनको सातो गयो । उनी एक झट्कामा अर्बपति बने । खासमा त्यो स्केच चित्र ती व्यक्तिले तिरेको मूल्यभन्दा कैयौं गुणा बहुमूल्य थियो ।

ती व्यक्तिको पहिचान खुलाइएको छैन । उनी अमेरिकाको मासाचुसेट्सका भएको स्मिथ सोनियन म्यागजिनले जनाएको छ । उनले हालै एक आर्टवर्क सेलमा यत्तिकै आमा र बच्चाको एउटा स्केच किनेका थिए । उनलाई यो स्केच विश्वप्रसिद्ध कलाकृतिको रेप्लिकाजस्तो लाग्यो त्यसैले उनले यो कलाकृतिलाई केवल ३० डलर मूल्यमा किने ।

यो कलाकृति किन्ने बेला उनलाई यो अत्यन्तै बहुमूल्य भएको थाहा थिएन । उनलाई यो पनि थाहा थिएन कि यो कलाकृति कैयौं शताब्दी पुरानो हो र सक्कली हो । तर, वास्तविकतामा पहेंलो रंगको लेनिन कपडामा बनेको यो स्केचलाई १५ औं शताब्दीमा बनाइएको थियो । यसलाई विश्वप्रसिद्ध मोनोग्राम्स अल्ब्रेट डुररले बनाएका थिए ।

रिपोर्टका अनुसार यो पुनर्जागरण कालका जर्मन कलाकारको वास्तविक कलाकृति हो जसलाई यी अमेरिकी व्यक्तिले केवल ३० डलरमा किने । यो कलाकृतिको जाँच गरेपछि यसको मूल्य ५० मिलियन डलर अर्थात ६ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यो कलाकृतिलाई देखेर कलाकृति विशेषज्ञ आश्चर्यमा परेका थिए । उनीहरुका अनुसार यति कम मूल्यमा यो कलाकृति कसरी ती व्यक्तिको हातमा पुग्यो र यसलाई बेच्नेहरु यसको वास्तविकताबारे अञ्जान कसरी रहे भन्ने आश्चर्यको कुरा हो ।

यसअघि यो कलाकृतिलाई २०१६ मा मृत्यु भएका वास्तुकार जीन पल कार्लहियनको परिवारले बेचेको थियो । एक कला संग्रहकर्ता क्लिफोर्ड शोररले भने ‘जब मैले अल्ब्रेट डुररको कलाकृति देखें यो अविश्वसनीय क्षण थियो । त्यो एक उत्कृष्ट कलाकृति थियो ।’ शोररका अनुसार डुरर पुनर्जागरण आन्दोलनका एक जर्मन चित्रकार हुन् । उनले आफ्नो उच्च गुणस्तरीय उडकट प्रिन्टका कारण पूरै युरोपमा आफ्नो प्रतिष्ठा र प्रभाव स्थापित गराएका थिए । उनी लियोनार्दो दा भिन्ची सहित आफ्नो समयका प्रमुख इटलियन कलाकारको सम्पर्कमा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *