कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु

डिसी नेपाल
११ मंसिर २०७८ १९:०१

सप्तरी । कोसी ब्यारेजमा हाम फालेर एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ६ घर भई स्वास्थ्य कार्यालय मोरंगमा कार्यरत अहेव अग्निप्रसाद नेपालका ४५ वर्षीय छोरा सुभाष नेपाल रहेका छन् ।

उनले शनिबार दिउँसो १२ बजे हनुमाननगर कंकालनी नगरपालिका १ कोसी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेका थिए ।

हाम फालेको विषयमा स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खोज तलास गर्ने क्रममा दिउँसो करिब २ः३० बजे सुभाषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनले किन हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *