१५८ जना नयाँ सङ्क्रमित थपिए, ७ हजारभन्दा कम सक्रिय सङ्क्रमित

डिसी नेपाल
१२ मंसिर २०७८ १५:२५
180
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १५८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ६०४ जनामा पीसीआर परीक्षण गरिएकोमा १५४ जनामा र २ हजार ३१४ जनामा एन्टीजेन परीक्षण गर्दा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३४२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार ९६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ६११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.