पेरुमा शक्तिशाली भूकम्प, भत्किए दर्जनौं घर
काठमाडौं । पेरुमा शक्तिशाली भूकम्प गएको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन् । त्यस्तै, भूकम्पमा कम्तिमा १० जना मानिस घाइते भएका छन् । भूकम्पपछि निरन्तर पराकम्पन गइरहेका छन् ।
भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू–सर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन् । भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्याएको छ ।
भूकम्पको केन्द्रविन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो । सो क्षेत्रमा अमेजोनियाली आदिवाशी बसोबास गर्छन् ।
भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ । एजेन्सी







डिसी नेपाल







Facebook Comment