१६ दिने अभियानमा महिला प्रहरीसँग अन्तरक्रिया
उदयपुर । ‘घरबाट सुरु गरौं महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित सुरु भएको लैङिगक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । १६ दिने अभियानको चौथो दिन जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा र ओरेक नेपाल उदयपुरको सहयोगमा सोमबार जिल्ला प्रहरी कार्यालयमा कार्यारत महिला प्रहरी र सरोकारवाला विच अन्तरक्रिया भएको हो ।
कार्यक्रमामा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्राङगणमा जिल्ला समन्वय समिति उदयपुरकी उपप्रमुख गंगा राई, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहारा, प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतम, ओरेक नेपालकी केन्द्रीय अध्यक्ष रामवति चौधरीले महिला सम्बन्धी कानुनको बारेमा आफ्नो धारणा राखेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment