आज देशभर बदली, भाेलि यी क्षेत्रमा वर्षाकाे अनुमान

डिसी नेपाल
१४ मंसिर २०७८ ६:५१
2.7k
Shares

काठमाडौं। अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेकाे छ । आज देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात सम्भावना पनि रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.