होन्डुरसले पहिलो महिला राष्ट्रपति पाउँदै

डिसी नेपाल
१४ मंसिर २०७८ ९:२९
48
Shares

काठमाडौं । होन्डुरसकी प्रथम महिला तथा विपक्षी दलकी नेतृ सिमोरा क्यास्ट्रो देशको पहिलो राष्टपति बन्ने भएकी छिन् । उनको विजय निश्चित भएसँगै प्रमुख विपक्षी दल १२ वर्षपछि सत्तामा पुग्ने भएको छ । उनका श्रीमान १२ वर्षअघि सेनाको कुमा परेका थिए ।

अ‍ाधाभन्दा बढी मतगणना हुँदा क्यास्ट्रोले ५३ प्रतिशत मत प्राप्त गरेकी छन् । मतगणना भइरहँदा उनी सत्तारुढ नेसनल पार्टीका उम्मेदवार नसरया ‍अ‍‍ासफुराभन्दा २० प्रतिशत मतमा लिडिङ गरेको रहेको त्यहाँको निर्वाचन अ‍ायोगले जनाएको छ । १८ लाख मत गणना हुँदा ३ लाख ५० हजारभन्दा बढी मतले अग्रस्थानमा छिन् ।

क्यास्ट्रोले अ‍ाफू विजयी भएको दाबी गरेकी छिन् । उनका समर्थकले ६२ बर्षीया क्यास्टो विजयी भएको भन्दै खुसियाली मनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *