दक्षिण अफ्रिकाबाट आएका संक्रमित जोडी क्वारेन्टाइनबाट भागे, उड्न लागेको विमानबाट पक्राउ
काठमाडौं। दक्षिण अफ्रिकामा सबैभन्दा पहिले पत्ता लागेको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रेनका कारण विभिन्न देशहरुले नियममा कडाइ गरिरहेका छन् । यही बीचमा नेदरल्याण्डमा दक्षिण अफ्रिकाबाट आएका जोडी कोरोना संक्रमित भएको पाइयो । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो तर उनीहरु क्वारेन्टाइन सेन्टरबाटै भागे ।
यो जोडीलाई खोज्न डच पुलिसलाई निकै परिश्रम गर्नुपर्यो । पुलिसले दम्पतीलाई गिरफ्तार गरिएको बताएको छ । उनीहरु क्वारेन्टाइन सेन्टरबाट भागेपछि देश नै छोडेर भाग्न लागेका थिए । उनीहरुलाई स्पेनको लागि उड्नुभन्दा ठिक पहिले एम्सटर्डमको शिफोल विमानस्थलमा विमानभित्रबाट गिरफ्तार गरिएको छ ।
स्थानीय मिडियाका अनुसार भाग्ने जोडीमा पुरुष स्पेनिस र महिला पोर्चुगिज हुन् । उनीहरुलाईै देशको स्वास्थ्य सेवाको जिम्मा लगाइएको छ । यी दुई गत हप्ता दक्षिण अफ्रिकाबाट एम्सटर्डम पुगेका थिए । यी दुई जना ती ६१ जनामध्येका भएको आशंका गरिएको छ जसमध्ये १३ जना संक्रमित पाइएका थिए ।







डिसी नेपाल







Facebook Comment