पूर्वसैनिकको अनुहार चोरेर सेक्स डल बनाएर बेच्न राखियो

डिसी नेपाल
१४ मंसिर २०७८ १४:५५
1.7k
Shares

काठमाडौं। सेक्स डल बनाउने एक कम्पनीले इजरायलकी एक पूर्वसैनिक महिलाको अनुहार बिना अनुमति प्रयोग गरेर सेक्स डल बनाएको छ । येल कोहेन नामकी यी महिला २५ वर्षकी छिन् । उनले डल स्टुडियो नामको कम्पनीले बनाएको सेक्स डल आफ्नो कार्बन कपी भएको दावी गरेकी छिन् । उनका अनुसार सेक्स डलमा उनको बिल्कुलै अलब ब्युटी मार्क समेत प्रयोग गरिएको उनले बताएकी छिन् ।

यतिमात्र होइन कम्पनीले सेक्स डलको नाम पनि महिलाकै नाम राखेको छ । योभन्दा पनि खराब कुरा कम्पनीले सेक्स डलको साथमा महिलाका फोटोहरु र भिडियोहरु समेत प्रयोग गरेको छ । येलले यो सेक्स डललाई तत्काल हटाउन माग गरेकी छिन् । उनले कम्पनीमाथि कारवाहीको लागि कानुनी परामर्श पनि गरिरहेकी छिन् । महिलालाई उनका एक प्रशंशकले यो सेक्स डलबारे जानकारी दिएका थिए ।

डेलीस्टारलाई दिएको अन्तरवार्तामा उनले भनिन् ‘डलको टाउकोको प्रोटोटाइप तिर मेरो ध्यान आकर्षित गर्न र यस विषयमा चर्चा गर्न कोही मकहाँ आएका थिए । आश्चर्यको कुरा यो थियो कि त्यो अनुहार एकदमै परिचित थियो । त्यतिबेला मैले बुझ्न सकिन कि यो सब के चलिरहेको छ । त्यसैले मैले यतातिर धेरै ध्यान दिइन । तर दोस्रो पटक म गल्ती दोहोर्याउन चाहन्न ।’

महिलाले अगाडि भनिन् ‘एक लिंकमार्फत म कम्पनीको वेबसाइटमा पुगें जहाँ थाहा भयो कि कम्पनीले मेरो अनुमति बिना मलाई एक सेक्स डलमा बदल्ने निर्णय गरेको थियो । उनीहरुले मेरो अनुहार, मेरो शरीर र यहाँसम्म कि मेरो ओठमुनि भएको एक ब्युटी मार्कको पनि प्रयोग गरे । उनीहरुले डलको नाम पनि येल राखेका थिए जो मेरो नाम हो । मलाई डलको प्रचारक बनाउनको लागि उनीहरुले मेरा फोटोहरु पनि राखेका थिए ।’

महिलाले कम्पनीसँग सम्पर्क गर्ने कोसिस पनि गरेकी थिइन् । साथमा उनले यो डललाई बिक्री हुनबाट रोक्नको लागि वकिलसँग पनि कुरा गरिन् । तर, कम्पनीसँग उनले सम्पर्क गर्न सकिरहेकी छैनन् । येल इजरायलको डिफेन्स फोर्समा सफ्टवेयर इन्जिनियर रहिसकेकी छिन् । हालै उनले नयाँ म्यागजिन होलील्याण्ड ल्याएकी छिन् जसले महिलाको शरीरलाई मन्दिरजस्तै पुज्न प्रोत्साहित गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *