उडिरहेको विमानको इन्जिनमा आगो दन्कियो
काठमाडौं। इटलीमा हावामा उडिरहेको एउटा विमान चराहूको झुण्डसँग ठोक्कियो । चराहरुसँग ठोक्किएपछि विमानको इन्जिनमा आगो लाग्यो । विमानको अगाडिको सिसामा पूरै चराहरुको रगत र प्वाँख लागेर ढाकियो । सिसा ढाकिएपछि पाइलटले बाहिर देख्न पनि छाडे ।
इटलीको बोलोग्ना एयरपोर्टमा अवतरण गर्नुभन्दा ठिक पहिले रायनएयरको जेट विमानसँग चराहरुको झुण्ड ठोक्किएको थियो । ठक्करका कारण विमानको इन्जिनमा आगो लाग्यो । ठक्करपछि चराहरुको रगत र उनीहरुको प्वाँखले विमानको अगाडिको सिसा ढाकियो ।
डेलीमेलको रिपोर्टअनुसार रायनएयरको बोइङ ७३७–८०० विमान लण्डनबाट यात्रीहरु लिएर उडेको थियो । विमान इटलीको विमानस्थलको रनवेतर्फ जाँदै गर्दा चराहरुको झुण्डसँग ठोक्कियो । यसपछि विमानको इन्जिनमा आगो लाग्यो । इन्जिन गम्भीर रुपमा क्षतिग्रस्त भएको थियो ।
पाइलटले निकै सुझबुझपूर्ण तरिकाले विमानलाई सुरक्षित अवतरण गराएका छन् । पाइलट विमानलाई सुरक्षित ओराल्न सफल भए र विमानमा भएका कसैलाई कुनै नोक्सानी भएन । यो घटनाको एउटा भिडियो सार्वजनिक भएको छ जसमा उडिरहेको विमानको इन्जिनमा आगो दन्किएको देखिएको छ ।







डिसी नेपाल







Facebook Comment