‘द अंकल’ फिल्म ५ मिनेट हेर्दा १४ वर्षका छात्रलाई १४ वर्ष जेल सजाय

डिसी नेपाल
१४ मंसिर २०७८ १५:४७
9.1k
Shares

काठमाडौं। दक्षिण कोरियाली फिल्म ‘द अंकल’ हेरेको आरोपमा १४ वर्षका एक छात्रलाई उत्तर कोरियामा १४ वर्षको जेल सजाय सुजनाइएको छ । उत्तर कोरियामा दक्षिण कोरियाली फिल्म प्रतिबन्धित छन् । डेलीएनकेको रिपोर्टअनुसार १४ वर्षका यी छात्रलाई किम ह्योंग जिनले निर्देशन गरेको मिस्ट्री ड्रामा फिल्म द अंकल हेरेको आरोपमा ७ नोभेम्बर ७ मा गिरफ्तार गरिएको थियो ।

यी छात्र हाइसन सिटीको स्कुलका छात्र हुन् । उनलाई फिल्म हेरेको ५ मिनेटभित्रै पक्राउ गरिएको थियो । उनलाई १४ वर्ष कडा मेहनतसहित कारावासको सजाय सुनाइएको हो । उत्तर कोरियाको एसोसिएसन सिस्टमका कारण यी छात्रका मातापितालाई पनि सजाय दिइन सक्ने चिन्ता व्यक्त गरिएको छ । यसअघि पनि एक युवकलाई पोर्न हेरेको अवस्थामा पक्राउ गरिएपछि उनका मातापितालाई राजनैतिक जेल हालिएको थियो ।

एसोसिएसन सिस्टम अन्तर्गत यदि गैरजिम्मेवार शिक्षाको कारण सांस्कृतिक अपराध भएमा जिम्मेवारहरुलाई २ लाख वन जरिवाना लगाउन सकिन्छ । यसका अलावा यदि अपराध गर्ने ५ वर्षभन्दा अधिक र १५ वर्षभन्दा कम उमेरको भएमा उनलाई सुधारात्मक श्रमको सजाय सुनाउन सकिन्छ ।

उत्तर कोरियाका युवाहरुमा दक्षिण कोरियाली फिल्म तीब्र रुपमा लोकप्रिय हुँदै गइरहेको मानिएको छ । यसलाई रोक्नको लागि त्यहाँको सरकारले कानुन कडाइका साथ लागू गरिरहेको छ । सूत्रका अनुसार पछिल्लो समय असामाजिक र गैर समाजवादी कठबन्धन कमाण्ड टिमका गतिविधि पहिलेभन्दा तीब्र भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *