निर्दोषलाई बलात्कारको आरोप लगाएर १६ वर्ष जेल हालिन्, त्यही झुट बेचेर करोडौं कमाइन्

डिसी नेपाल
१४ मंसिर २०७८ १७:१९
8.2k
Shares

काठमाडौं। अमेरिकाको न्यूयोर्कमा बलात्कारको आरोपमा एक व्यक्तिलाई १६ वर्ष जेलमा राखियो । उनलाई बलात्कार आरोपमा दोषी ठहर गरिएको थियो । यी व्यक्तिले सधैं आफूले बलात्कार नगरेको र आफू निर्दोष भएको बताइरहे । अन्ततः अहिले बल्ल न्यूयोर्कको सर्वोच्च अदालतले उनलाई निर्दोष ठहर गर्दै रिहा गरेको छ ।

अर्कोतर्फ यी व्यक्तिलाई बलात्कारको आरोप लगाउने महिलाले बलात्कारको घटनाको विषयमा एउटा किताब लेखिन् । यो किताब बेस्ट सेलर रह्यो । यो किताबले झुटो आरोप लगाउने महिला एलिस सेबोल्डलाई विश्वप्रसिद्ध बनाइदियो । बलात्कारको आरोपमा १६ वर्ष जेलमा बिताएका निर्दोष एन्थोनी ब्रोडवाटरले भने अहिले बल्ल न्याय पाएका छन् ।

जेलमा रहँदा पनि एन्थोनीले आफू निर्दोष भएको बताउँदलै आएका थिए । एलिसले आफ्नो उपन्यासको सिरिज ‘लभ्ली’मा आफूलाई एन्थोनीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि एन्थोनी १६ वर्षसम्म जेलमा रहे ।

एन्थोनी ब्रोडवाटर

१९८२ मा दोषी ठहर गरिएका ६१ वर्षका एन्थोनीले १६ वर्षभन्दा धेरै समय जेलमा बिताए । उनका वकिलहरुका अनुसार उनलाई कम्तीमा पाँच पटक पेरोलबाट बञ्चित गरियो किनकि उनले अपराध स्वीकार गरेका थिएनन् जुन अपराधको लागि उनलाई जेलमा राखिएको थियो । ब्रोडवाटरले २ पटक लाइ डिटेक्टर टेस्ट पनि पास गरेका थिए ।

एन्थोनीले आफ्नो सजाय बदल्न ५ पटक प्रयास गरेका थिए । सोमबार न्यूयोर्कको सर्वोच्च अदालतका न्यायाधीश गार्डन कफीले एन्थोनीलाई बलात्कार र यससम्बन्धी अन्य आरोपमा निर्दोष ठहर गरे । आरोप लगाउने सेबोल्डले एन्थोनीमाथि आफ्नो उपन्यासमार्फत आफू सिरेक्युज विश्वविद्यालयमा हुँदा १९८१ मा एन्थोनीले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

सेबोल्डले किताबमा लेखेअनुसार बलात्कारको करिब ५ महिनापछि उनले एन्थोनीलाई न्यूयोर्कको सडकमा देखिन् । उनका अनुसार एन्थोनीलाई देखेपछि उनलाई बलात्कारीको याद आयो । यद्यपि उनी पुलिस लाइनअपमा बलात्कारीको पहिचान गर्न विफल भएकी थिइन् । एन्थोनीलाई २ वटा प्रमाणको आधारमा दोषी ठहर गरिएको थियो ।

सेबोल्डले आरोप लगाएपछि एन्थोनीले पटक पटक आफूले बलात्कार नगरेको भनिरहे । अहिले उनलाई निर्दोष ठहर गरिएको छ । न्यायाधीशले आफ्नो फैसला सुनाउँदा उनी डाँको छोडेर रुन थाले । उनले सीएनएनसँग भने ‘जब जिल्ला न्यायाधीवक्ताले मसँग कुरा गरे उनका शब्द यति गहिरा थिए र मलाई झक्झक्याइदिए ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *