मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः मुख्यमन्त्री राई

डिसी नेपाल
१४ मंसिर २०७८ २०:४३

काठमाडौँ ।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धनमा रहेका केही पार्टीको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकाले प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ भएको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको आज अनुगमनपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले कार्य क्षेत्र मिलाएर मन्त्रीको सङख्या केही बढाउने सम्बन्धमा गठबन्धनमा रहेका दलहरुबीच आन्तरिक तयारी भइरहेको र बैठक बसी चाँडै मन्त्रिमण्डललाई पूर्णता दिइने जानकारी दिए । उनले विगतको सरकारले पेश गरेको बजेट पुनरावलोकन हुने जनाउँदै आर्थिक स्रोत साधन कसरी जुटाउने तथा अनावश्यक राखिएको बजेटको कटौती हुने बताए। मुख्यमन्त्री राईले व्यक्ति कुन पार्टी हो नभनी रित नपुगी विगतको सरकारले गठन गरेको बोर्डलाई सच्चाउने जानकारी दिए ।

उनले गठबन्धन दलको न्यूनतम साझा कार्यक्रमको खाका तयार भइसकेको जानकारी दिँदै दललाई इमेल पठाइएको र बैठक बसी सार्वजनिक गरिने बताए । मुख्यमन्त्री राईले प्रदेशको नाम राख्नका लागि कार्यदल गठन गर्ने, प्रक्रिया अगाडि बढाउने र संसद्को बैठकमा प्रवेश गराई बहुपक्षीय छलफल एवं सहमतिमा टुङ्ग्याउन सरकारको ध्यान गएको प्रष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *