र्‍यापर साकार दुई वर्षपछि ‘ड्रागन वल्र्ड’ नामक एलबम लिएर आउँदै

डिसी नेपाल
१५ मंसिर २०७८ ६:५५
376
Shares

काठमाडौं ‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकार दुई वर्षपछि ‘ड्रागन वल्र्ड’ नामक एलबम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउने भएका छन्। उनले एलबम आउनु भन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’मा रहेर तीन गीत सार्वजनिक गरेका छन् ।

उनले वल्र्ड टुरको पनि घोषणा गरेका छन् । उनको यो टुरमा र्‍यापर, गायकगायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता हुनेछ।

उनले आगामी डिसेम्बर ४ मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट गर्दैछन् । साकारले तीन वर्षपछि पहिलोपटक कन्सर्ट गर्न लागेका हुन् ।
‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं । अर्बौ डलरको हलिउड, बलिउड, के–पप, जापानीज मनोरञ्जन उद्योग, युरोपिन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भनेका छन् । साकारको टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *