अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

डिसी नेपाल
१५ मंसिर २०७८ ८:३५
836
Shares

सिड्नी। अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जाेखिम बढेकाे भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा राेक लगाएका हुन् । साे निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन्।

अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएकाे हाे । याे प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ।

जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएकाे जनाएकाे छ । काेभिडकाे नयाँ भेरियन्ट देखिएपछि यी दुबै देशले अफ्रिकी मुलुकसँगकाे हवाई यात्रामा राेक लगाएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *