सानो देश सोलोमोन आइल्याण्डमा कैयौं देशले आफ्नो सेना उतार्नुपर्ने अवस्था कसरी आयो ?

डिसी नेपाल
१५ मंसिर २०७८ १२:०३
6.4k
Shares

काठमाडौं। सोलोमोन आइल्याण्डमा भएको हाहाकारपछि कैयौं देशले आफ्नो सेना त्यहाँ उतार्ने निर्णय गरेका छन् । गएको बुधबार सोलोमोन आइल्याण्डमा सरकारको नीतिविरुद्ध प्रदर्शन भइरहेको थियो । करिब ८ लाख जनसंख्या भएको यो सानो टापु देशमा सरकारविरोधी प्रदर्शन यति हिंस्रक भयो कि पूरै षेत्रमा हाहाकार मच्चियो । यहाँका जनताले गरिबी, बेरोजगारी र टापुहरुबीच हुने विवादका कारण प्रदर्शन गरिरहेका थिए ।

सोलोमोन आइल्याण्ड एक स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देश हो । यो देश अस्ट्रेलिया र पपुआ न्यू गिनीको पूर्वतर्फ प्रशान्त महासागरको ओसानिया क्षेत्रमा छ । यो देश ६ मुख्य टापुहरु मिलेर बनेको छ । यो देशमा कूल ९ सय टापुहरु छन् । सोलोमोन आइल्याण्डमा तनाव कम गर्नको लागि अस्ट्रेलियापछि फिजीको सेना पनि पुगेको छ । अन्तर्राष्ट्रिय शान्ति सेना अन्तर्गत फिजीले सोमबार आफ्नो सेना पठाएको छ ।

सोलोमोन आइल्याण्डको राजधानी होनियारामा सरकारविरोधी प्रदर्शन भएको थियो । भिडले तीन दिनसम्म हिंसा गरेर संसद भवनभित्र प्रवेश गर्ने कोसिस गरेका थिए । हिंसाका कारण चाइना टाउन इलाकाको पूरै क्षेत्र ध्वस्त भएको छ । भिडले प्रधानमन्त्री मनासेह सोगवारेको निवासलाई पनि जलाउने कोसिस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेपछि अस्ट्रेलियाको सेना पुगेको थियो ।

रोयटर्सका अनुसार सोलोमोन आइल्याण्डको राजधानीको सुरक्षाका लागि २०० अन्तर्राष्ट्रिय सैनिक तैनाथ छन् । यीमध्ये धेरैजसो अस्ट्रेलियाका छन् । यसका अलावा ३० भन्दा धेरै सैनिक पपुआ न्यू गिनीका छन् । फिजीले पनि आफ्ना सैनिक पठाएको छ । फिजीले ५० सैनिक पठाएको छ र १२० सैनिकलाई तयार रहन भनेको छ । पछिल्लो समय देशले न्यूजिल्याण्डलाई समेत आग्रह गरेपछि न्यूजिल्याण्डले पनि केही हप्तासम्म आफ्ना सुरक्षाकर्मी तैनाथ गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *