अमेरिकामा १५ वर्षका विद्यार्थीले स्कुलमा गोली चलाए, १५–१६ वर्षका ३ विद्यार्थी मारिए
काठमाडौं। अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको अन्धाधुन्ध गोलीबारीममा तीन जना विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षक समेत ८ जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार १६ वर्षका एक किशोर छात्र र १४ तथा १७ वर्षका दुई किशोरी छात्राहरुको मृत्यु भएको छ ।
पुलिसका अनुसार गोली चलाउने संदिग्ध छात्र पनि १५ वर्षका छन् । उनले अन्धाधुन्ध रुपमा सेमी अटोमेटिक ह्याण्डगनबाट १५ देखि २० गोली चलाएका थिए । उनले यो सबै घटना एक्लै गराएका थिए । डेट्रायटबाट करिब ४० माइल टाढा अक्सफोर्ड शहरमा भएको आक्रमणका आक्रमणकारी छात्रको यसपछाडिको उद्देश्य के थियो भन्ने स्पष्ट हुन सकेको छैन ।
अकल्याण्डका स्थानीय अधिकारी माइक म्याक्केबेले मंगलबार अक्सफोर्ड हाइस्कुलबाहिर एक पत्रकार सम्मेलनमा संवाददाताहरुसँग कुरा गर्दै आपतकालीन सेवाको लाष् िस्थानीय समयअनुसार १२ बजेर ५१ मिनेटको समयमा पुलिसलाई फोन गएको जानकारी दिए । यसको केही मिनेटमै ९११ र १०० नम्बरमा पनि फोन गरेर खबर दिइएको थियो । संदिग्ध छात्रले पुलिस आएको ५ मिनेटभित्रै आत्मसमर्पण गरेका छन् ।







डिसी नेपाल







Facebook Comment