२४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१५ मंसिर २०७८ १७:१०

काठमाडौँ ।पछिल्लो २४ घण्टामा ३१६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार ९१९ जनामा पीसीआर परीक्षण गरिएकोमा २८५ जनामा र १ हजार ८०८ जनामा एन्टीजेन परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २५९जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२९ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार ९५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *