जापानका पूर्व प्रधानमन्त्रीको भनाइप्रति चीनको कडा आपत्ति, राजदूतसँग जवाफ मागियो

डिसी नेपाल
१६ मंसिर २०७८ १०:३९
1.4k
Shares

काठमाडौं। जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको ताइवानको विषयमा एउटा बयानप्रति असन्तुष्ट चीनले बेइजिङमा जापानका राजदूतलाई विदेश मन्त्रालयमा जवाफ दिन बोलाएको छ । चीनको विदेश मन्त्रालयका अनुसार बुधबार बेलुकी जापानी राजदूतलाई एक आपतकालीन बैठकको लागि बोलाइएको थियो ।

विदेश मन्त्रालयले जारी गरेको एक बयानमा भनिएको छ ‘चीनकी सहायक विदेश मन्त्री हुआ चुनयिंगले जापानका राजदूत शुइ हिदेओसँग भएको भेटवार्तामा शिन्जो आबेको बयानलाई गलत र यसलाई चीन–जापान सम्बनधको आधारभूत मापदण्डको उल्लंघन भएको बताएकी छिन् ।’ चीनको विदेश मन्त्रालयले शिन्जो आबेको बयानबारे भनेको छ ‘यो चीनको सम्प्रभुतालाई खुला रुपमा चुनौती र ताइवानको स्वतन्त्रताको कुरा गर्ने शक्तिहरुको निर्लज्ज समर्थन हो । चीनले यसको कडा विरोध गर्छ ।’

बयानका अनुसार हुआ चुनयिंगले यो मामिलामा जापानको अगाडि चीनको दृढ प्रतिनिधित्व गरिन् । यसअघि जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले बुधबार ताइवानको एक थिंक ट्यांकको भर्चुअल फोरममा यदि चीनले ताइवानमाथि आक्रमण गरे न उनको देश र अमेरिका ताइवानको साथमा उभिन सक्ने बताउका थिए । उनले ताइवानमाथि आक्रमण हुँदा जापानको सुरक्षा गम्भीर खतरामा पर्ने बताउका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *