हलिउड फिल्मको सेटमा गोली चलेर मृत्यु, अभिनेता बाल्डबिनले भने ‘मैले ट्रिगर दबाएको होइन’

डिसी नेपाल
१६ मंसिर २०७८ ११:०७
3.0k
Shares

काठमाडौं। अमेरिकी अभिनेता तथा फिल्म निर्माता एलेक बाल्डबिनले आफूले बन्दुकको ट्रिगर नदबाएको बताएका छन् । उनको हातमा भएको बन्दुकबाट गोली चलेर उनको फिल्म रस्टको सुटिङ सेटमा सिनेमाटोग्राफर हल्याना हचिन्सको मृत्यु भएको थियो । गएको अक्टोबर २१ मा भएको उक्त दुर्घटनापछि दिएको पहिलो अन्तरवार्तामा एलेक बाल्डविनले यस्तो दावी गरेका हुन् ।

८० मिनेट लामो यो अन्तरवार्ता मंगलबार रेकर्ड गरिएको हो । अमेरिकामा यो अन्तरवार्ता बिहीबार साँझ प्रसारण हुनेछ । एबीसी न्युजका जर्ज स्टेफानोपोलोससँग कुराकानि गर्दै बाल्डबिनले भने ‘मैले कहिल्यै कसैलाई बन्दुक देखाउने छैन र त्यसको ट्रिगर दबाउने छैन । कहिल्यै पनि गर्नेछैन ।’ अन्तरवार्ता लिने पत्रकार जर्ज स्टेफानोपोलोसले यो अन्तरवार्तालाई स्वभाविक र गम्भीर भनेका छन् ।

बुधबार गुड मर्निङ अमेरिका कार्यक्रममा यो अन्तरवार्ताबारे कुरा गर्दै उनले बाल्डबिन टुटेका तर पनि धेरै सफा र सुलभ देखिइरहेको बताए । उनले भने ‘एबीसीमा विगत २० वर्षमा मैले हजारौं अन्तरवार्ता लिएँ तर यो अहिलेसम्मको सबैभन्दा गम्भीर अन्तरवार्ता थियो ।’ एलेक बाल्डबिनलाई ग्लेनगेरी ग्लेन रस र द हन्ट फर रेड अक्टोबर जस्ता फिल्ममा शानदार अभिनयगर्नुका साथै अमेरिकी शो स्याटरडे नाइट लाइभमा डोनाल्ड ट्रम्पको नक्कल गरेको कामका लागि चिनिन्छ ।

यो अन्तरवार्तामा बाल्डबिनले पहिलो पटक क्यामेराअगाडि त्यो दुर्घटनाबारे कुरा गरेका छन् । अक्टोबरमा उनले टिएमजेडलाई एउटा सानो अन्तरवार्ता दिएका थिए ताकि पापाराजी उनको र उनको परिवारको पिछा गर्न छोडुन् । त्यो कुराकानीमा उनले त्यो दुर्घटनालाई एक ट्रिलियन घटनामा एक भन्दै यस्ता दुर्घटना फिल्म सेटमा निकै कम हुने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *