दक्षिण अफ्रिकामा कोरोनाका केस तीब्र रुपमा बढ्दै, ओमिक्रोन भेरिएन्टले बढायो चिन्ता
काठमाडौं। दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरुका अनुसार देशभरमा कोरोना बिरामीको संख्या तीब्र रुपमा बढिरहेको छ । नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजका अनुसार दुई हप्ता पहिले दैनिक औसत ३ सय केसहरु आइरहेका थिए तर अहिले केसहरु निकै तीब्र रुपमा बढिरहेका छन् र हरेक दिन करिब ३५ सय केसहरु आइरहेका छन् ।
कोरोनाका बिरामीहरुको संख्यामा भएको यो बढोतरीको लागि हालै खोजी गरिएको नयाँ ओमिक्रोन भेरिएन्टलाई जिम्मेवार मानिएको छ । यो भेरिएन्टमा ३० भन्दा धेरै म्युटेशन भइसकेको बताइएको छ । यद्यपि अहिलेसम्म यो भेरिएन्ट नयाँ भेटिएका कति केसहरुको लागि जिम्मेवार छ भन्ने स्पष्ट भइसकेको छैन ।
दक्षिण अफ्रिकामा ९ नोभेम्बरमा लिइएको नमूनामा ओमिक्रोन भेरिएन्ट भेटिएको थियो । विश्व स्वास्थ्य संगठनलाई यसबारेमा २४ नोभेम्बरमा जानकारी दिइएको थियो । त्यसपछि पूरै विश्व यो भेरिएन्टप्रति सतर्क भएको छ । साउदी अरब र युएइले पनि यो भेरिएन्टको पहिलो केस भेटिएको पुष्टि गरेका छन् । नयाँ भेरिएन्ट कत्तिको संक्रामक छ, यसको फैलिने क्षमता कति छ, अहिलेसम्म बनेका खोपले यो भेरिएन्टबाट कत्तिको सुरक्षा गर्छन् जस्ता धेरै प्रश्नको जवाफ आउन अझै बाँकी छ ।







डिसी नेपाल







Facebook Comment