४ वर्षकी रियल लाइफ मोगली गर्ल, जो खतरनाक जनावरहरुको बीचमा जंगलमा बसिन्
काठमाडौं। रियल लाइफ मोगली गर्न करिना चिकितोभा एक पटक फेरि चर्चामा छिन् । चिकितोभा अहिले ११ वर्षकी भइन् । उनी प्रतिष्ठित याकुत बालेट स्कुलमा अगाडिको पढाइको लागि छनोट भएकी छिन् । साइबेरियाको जंगलमा खतरनाक ब्वाँसाहरु र भालुहरुको बीचमा १२ दिन बिताएकी चिकितोभालाई मोगली गर्ल भनेर चिनिन्छ ।
चिकितोभा २०१४ मा विश्वभर चर्चित भएकी थिइन् । त्यतिबेला उनी खुंखार जंगली जनावरले भरिएको साइबेरियाको जंगलमा १२ दिन बताएपछि जीवितै भेटिएकी थिइन् । जतिबेला उनी जंगलमा हराएकी थिइन् त्यतिबेला उनको उमेर केवल ४ वर्ष थियो । डेलीस्टारको रिपोर्टअनुसार जंगलमा हराउकी करिनाको साथमा एउटा पाल्तु कुकुर पनि थियो ।
उनी जंगलमा कुकुरसँग घाँसमा सुत्थिन् र जीवित रहनको लागि जंगली जामुन खान्थिन् । निकै खोजी गरेपछि उनलाई करिब २ हप्तापछि जंगलबाट जीवितै बाहिर निकाल्ने अभियान सफल भएको थियो । उद्धार टिमका सदस्य अर्टोम बोरिसोभका अनुसार उद्धार टोलीले फेला पार्दा उनी धाँसको बीचमा बसेकी थिइन् र पूरै चुप थिइन् । उनले भने ‘सुरुमा मैले उनलाई देखिन तर जब उनले मलाई हेरिन् र आफ्नो हात फैलाइन् त्यसपछि मेरो ध्यान गयो ।’
बोरिसोभले अगाडि भने ‘मैले उनलाई उठाएँ । उनी निकै सानी र हल्का थिइन् । उनको खुट्टामा जुत्ता थिएनन् । उनको अनुहार, हात र खुट्टामा लामखुट्टेले टोकेका घाउहरु थिए । उनी निकै डराएकी थिइन् । उनले सबैभन्दा पहिले पानी र खानेकुरा मागिन् अनि निकै रोइन । मैले पनि मुस्किलले आँसु रोक्न सकें ।’
त्यतिबेलादेखि चिकितोभालाई रियल लाइफ मोगनी गर्न भन्न थालियो । उनका विषयमा एउटा किताब पनि लेखियो । फिल्म निर्माणको कुरा पनि भइरहेको छ । चिकितोभाको एक दिन मस्कोको बोल्शोइ थिएटरमा प्रस्तुती दिने सपना छ । याकुत ब्यालेट स्कुलमा भर्ना भएपछि उनले यस दिशामा एक कदम अगाढि बढाएकी छिन् ।







डिसी नेपाल







Facebook Comment