दरबारमार्गबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद
काठमाडौं । दरबारमार्गबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद भएको छ । प्रहरीले सो रकम हुन्डी कारबारीको भएको अनुमान गरेको छ ।
सो रकमसहित पाँचजना पक्राउ गरेको बताइएपनि उनीहरुलाई तत्काल सार्वजनिक गरेको छैन । प्रहरीले यसको विवरण संकलन गरिरहेको जनाएको छ । शुक्रबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको एक टोलीले दरबारमार्गको एक पसलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया
Facebook Comment