युवा नेतृत्व अध्ययन कार्यक्रमको तेस्रो ब्याच दीक्षित
काठमाडौं । काठमाडौंस्थित लीडरशिप एकेडेमी, अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस र स्वीस सरकार विकास सहयोग (एसडीसी) को संयुक्त आयोजनामा सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको तेस्रो ब्याचको दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

एक वर्षे कार्यक्रमको सन् २०२०–०२१ को चौथो सत्र तथा दिक्षान्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । काठमाडौंको मण्डिखाटारस्थित गेट कलेजमा आयोजित दीक्षान्त समारोहमा संघीय सांसद नवराज सिलवाल, नेपालका लागि इजरायली उपराजदूत ताल स्वार्जम्यान, सामाजिक अभियन्ता तुलसालता अमात्य, काठमाडौंस्थित स्वीस राजदूतावासका प्रतिनिधि श्रद्धा रायामाझी, प्रतिज्ञा बास्कोटा सिंखडालगायतले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा ब्याच वितरण गरेका थिए।
कार्यक्रममा सांसद सिलवालले असल नेता हुन दृढसंकल्प, मेहनत, इमानदारिता र पारदर्शिता जरुरी भएको बताउनुभयो । एनईएलपी जस्तो कार्यक्रमले असल नेतृत्व निर्माणमा सहयोग पुग्ने उनको विश्वास थियो ।
सहभागीहरुको तर्फबाट प्रदेश नम्बर २ बाट सतिश कुमार सिंह र गण्डकी प्रदेशबाट करुणा गुरुङले आफ्नो अनुभव सुनाउँदै कार्यक्रमको माध्यमबाट विभिन्न क्षेत्रको कला संस्कृति, भेषभुषा, रहनसहन आदि सिक्ने अवसर मिलेको र सकारात्मक सोच, विवाद समाधानका सूत्र तथा नेतृत्व विकासका अन्य थुप्रै विषयहरु सिक्ने अवसर मिलेको बताए ।








डिसी नेपाल








Facebook Comment