२०५ जना नयाँ सङ्क्रमित थपिए, १ जनाको मृत्यु

डिसी नेपाल
१९ मंसिर २०७८ १६:०८
116
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार ९१५ जनामा पीसीआर परीक्षण गरिएकोमा २ सय जनामा र २ हजार ७५२ जनामा एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ४३६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४१ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.